arrow

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु, फरार चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
samir-maharjan.jpg

पोखरा । पोखराको सिर्जनाचोकमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं २६ का ३३ वर्षीय समिरराज महर्जन छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेठ १२ गते राति सृजनाचोक र सभागृह चोकबीचमा सडक पार गर्दै गरेका मादी गाउँपालिका वडा नं ५ सिक्लेसका ईच्छा क्षेत्री भन्ने विष्णुबहादुर बुढाथोकीलाई महर्जन सवार प्र.३-०२-००७ प २०२९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटना लगत्तै अनुसन्धानमा जुटको प्रहरीले महर्जनको खोजी व्यापक बनाएको थियो । सो क्रममा महानगरपालिका-११ स्थित फूलवारी चोकबाट महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका महर्जनलाई सवारी ज्यानसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ