arrow

आज चार संसदीय समितिका बैठक बस्दै: विधेयक छलफलदेखि शान्ति प्रक्रियाको समीक्षासम्म

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज (शुक्रबार) संघीय संसदका चारवटा संसदीय समितिको बैठक बस्दैछ। विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल तथा राष्ट्रिय सरोकारका विषयमा केन्द्रित रहेर यी बैठकहरू सञ्चालन हुनेछन्।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ। यस बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ।

त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। यस बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुनेछ।

बिहान ११ बजे नै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ। यस बैठकमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाबारे छलफल हुनेछ।

साथै, बिहान ११ बजे नै संसदीय सुनुवाइ समितिको बैठक पनि बस्नेछ। यस बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुने जानकारी दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ