arrow

जगन्नाथमा जीप दुर्घटना, तीनको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
accident-final.jpg

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 
    
दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । 

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जीप दुर्घटना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ