arrow

सङ्घीयता बलियो बनाउन प्रदेशमा प्रहरी र कर्मचारी समायोजन छिटो गर्नुपर्छ - मुख्यमन्त्री सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
satishkumar-singh-cm.jpg

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयतालाई बलियो बनाउन प्रदेशमा प्रहरी तथा कर्मचारी समायोजनको कार्य शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। जनकपुरधाममा आयोजित “सङ्घीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम” मा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो धारणा व्यक्त गरेका हुन्। यो कार्यक्रम सङ्घीय संसदको राष्ट्रिय सभामा मधेश प्रदेशबाट निर्वाचित सदस्यहरूद्वारा आयोजना गरिएको थियो।

मुख्यमन्त्री सिंहले कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बताए। उनले समायोजन भएका कर्मचारीमध्ये ११औँ तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्ने र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरूको खटाइ प्रदेश सरकारको मातहतमा हुनुपर्ने बताए। उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा खटाइने सबै सचिवहरूलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाएको उदाहरण दिँदै मधेसका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि मुख्यमन्त्री कार्यालयमार्फत पठाइनु विकास र सङ्घीयता सुदृढीकरणका लागि आवश्यक रहेको धारणा राखे।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा रासायनिक मल तथा बीउ बिजनको आवश्यकता बढी भए पनि मलको कोटा न्यून रहेको उल्लेख गरे। उनले प्रदेशलाई बजेट जनसङ्ख्याको आधारमा वितरण गर्नुपर्ने मागसमेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ