arrow

दुर्घटनामा किशोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
accident-final.jpg

काठमाडौँ । काठमाडौँको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-३ बसुन्धरा सडकमा म प्र -२-३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौँको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रीनसिटी अस्पतालमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ