arrow

'बिजुली छैन' भन्दै हल्ला फैलाउनेलाई कारबाही हुन्छ - ऊर्जामन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
urjanmantri-nolight.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले आवश्यकताअनुसारको विद्युत आपूर्ति गरिरहेको र अहिले लोडसेडिङ नभएको बताएका छन्। आइतबार साँझ कुलेश्वरस्थित 'नो लाइट' शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन्।

मन्त्री खड्काले विद्युत नगएको समयमा पनि 'बत्ती गयो' भनेर आतंक फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउने चेतावनी दिए। उनले 'नो लाइट' शाखामा विद्युत आपूर्ति भइरहेको भए पनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा बत्ती रहेको पाइएको बताए। आतंक फैलाउने र दुःख दिने हिसाबले टेलिफोन गर्नेहरूको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह गर्दै उनले भने, "रुमर गर्ने, आतंक फैलाउने हिसाबले काम गर्नेलाई दण्डित पनि गरिन्छ।"

उनले विद्युत आपूर्तिमा समस्या आउनु विद्युत कम भएर नभई हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाले पारेको अवरोध रहेको स्पष्ट पारे। "बत्ती गइरहेको कुरा हामीसँग विद्युत कम भएर होइन," मन्त्री खड्काले भने, "हामी के चाहन्छौं भने सुरक्षित र भरपर्दो विद्युत उपभोक्ताले प्राप्त गर्न सकुन् भन्ने चाहन्छौं।" उनले बजारमा 'कृत्रिम कुराहरू प्रचार प्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैलाइएको' आरोप लगाए।

मन्त्री खड्काले नेपालले अहिले विद्युत आयात गर्न नपरेको र नेपालमै विद्युत बढी भइरहेको दाबी गरे। उनले विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेको भन्दै हल्लाको पछि नलाग्न उपभोक्ता तथा देशवासीलाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ