काठमाडौँ । आज (जेठ १२ गते) संसदीय दुई समितिका बैठक बस्ने भएका छन्। मध्यान्ह १२ बजे बस्ने अर्थ समितिको बैठकमा 'बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक' सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल हुनेछ।
त्यस्तै, बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा 'निकासी पैठारी (नियमन) विधेयक, २०८१' माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिनेछ।