arrow

मादी पुलबाट जीप खस्दा तीनको मृत्यु, चालकसहित दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
jeep-accident-tanahun.jpg

पोखरा । तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट गएराति पाँच जना सवार जीप खस्दा तीन जनाको ज्यान गएको छ ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जीप पुलको रेलिङ भत्काएर नदीमा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर छन् ।

सोही दुर्घटनामा चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएकामा धिरजलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।

चालक रोहितको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ