arrow

एमालेका नेताहरुको नेतृत्व गरेर विद्या भण्डारी चीन जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
vidyadevi-bhandari-always-8.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्व राष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी आज उत्तरी छिमेकी देश चीन जाँदैछिन् । शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन् ।  

उनी भोलि बिहान ११ः५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् । पूर्वराष्ट्रपति भण्डारीले दुई वटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।

जसअनुसार चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने सोमबारको संवाद कार्यक्रम र शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा गरी दुईवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा सम्बोधन गर्नेछिन् ।

सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका उच्च पदस्थ पदाधिकारीका बिचमा उनको भेटघाट हुनेछ । उनको टोलीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनसहितको टोली हुनेछ ।

सरकारका मन्त्री पनि सहभागी हुने भएकाले यो कार्यक्रम सरकारी हो वा पार्टीको भन्ने खुलेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ