arrow

एलिट ग्रान्ड स्कूलमा विद्यार्थीहरुबीच चुनाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
grand-school-82-2-8.jpg

काठमाडौँ । नेतृत्व विकासमा सधैँ अग्रसर रहेको एलिट ग्रान्ड स्कूल काठमाडौँ चुच्चेपाटीले यस पटक पनि नेतृत्व विकासको भूमिकामा रहेका विद्यार्थीहरूको साथमा भव्यताका साथ चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।  

 बुधबार स्कूलमा विभिन्न कोटा अन्तर्गत भएको नेतृत्वकर्ता छनोट स्वरूपको मतदान कार्यक्रम निकै सभ्य र भव्य रुपले सुसम्पन्न भएको प्रधानाध्यापक सुकुमार थपलियाले बताए ।  

 उनका अनुसार उक्त मतदान कार्यक्रममा विभिन्न तह तहका अध्ययनरत छात्र छात्राहरू नेतृत्वकर्ताका रूपमा सहभागी भएका थिए । यो मतदान कार्यक्रम विद्यार्थीको नेतृत्व भूमिकालाई लक्षित गर्दै आत्मविश्वास र कार्यशीलताको क्षमता अभिवृद्धिका साथै शैक्षिक अवस्था सुधारका निमित्त विद्यार्थी र शिक्षकहरू बीचको सिकाइ सञ्चारमा मैत्रीपूर्ण साझेदारी कायम गर्ने उद्देश्यले आयोजना गरिएको उनले बताए । 

त्यसो त यस विद्यालयमा हरेक वर्ष यस्ता अतिरिक्त कार्यक्रमहरू थुप्रै हुने र विद्यार्थीहरूको सहभागिता सक्रिय रुपमा रहने गरेको पनि थपलियाले बताए । 

मतदान कार्यले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै मानसिक वृद्धि, उनीहरूको नेतृत्व चयन क्षमताको वृद्धि, व्यवहारिकतामा परिपक्वता र विद्यार्थीहरूको कार्यशीलताको विकास हुने विश्वास स्कूल व्यवस्थापनको छ । 

यस्तो कार्यले विद्यार्थीहरूलाई नेतृत्व विकास सँगसँगै निर्णय लिने क्षमतामा अभिवृद्धि गराउँदछ। मतदान कार्यक्रमका लागि गरिएको चुनावमा विद्यालयले विविध कोटा विभाजन गरेको थियो। 

जस अन्तर्गत स्कूल हेड व्वाइ मा ४ जना, स्कूल हेड गर्ल अन्तर्गत २ जना, डेपुटी हेड व्वाइ अन्तर्गत ३ जना, डेपुटी हेड गर्ल अन्तर्गत २ जना, स्कूल हाउस क्याप्टेन एन्ड भाइस क्याप्टेन अन्तर्गत छात्र र छात्रा गरी १७ जना, पर्फेक्ट व्वाइ अन्तर्गत २ जना, पर्फेक्ट गर्ल अन्तर्गत २ जना, स्कूल स्पोर्ट्स क्याप्टेन अन्तर्गत छात्र र छात्रा गरी १६ जना र स्कूल स्पोर्ट्स  भाइस क्याप्टेनअन्तर्गत छात्र र छात्रा गरी १२ जना उम्मेदवार विद्यार्थीहरू सहभागी भएका थिए । 

 चुनावमा जम्मा उम्मेदवार विद्यार्थीहरूको सङ्ख्या छात्र र छात्रा गरी ६० जना रहेको थियो । करिब ५०० मतदाताहरू सहभागी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ