arrow

भारतीय बीएसएफले पाँच पाकिस्तानी चौकी पार्‍यो ध्वस्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
bsf-attack-jammu-kashmir.jpg

नयाँदिल्ली । भारत–पाकिस्तान सीमामा भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले पाकिस्तानी चौकी ध्वस्त पारेका छन् । बीएसएफले पाकिस्तानी चौकी ध्वस्त पारेका तस्बिरहरू सामाजिक सञ्जाल एक्समा शेयर गरेको थियो ।

जम्मूमा भारत–पाकिस्तान सीमामा भएको एक कारबाहीमा बीएसएफले पाँच पाकिस्तानी चौकी र एउटा आतंकवादी लन्च प्याड ध्वस्त पारेको हो। यद्यपि यो अपरेशन कुन दिन गरिएको थियो भन्ने कुराको खुलासा गरिएको छैन। बीएसएफ अधिकारीले बुधबार अपरेशनको बारेमा जानकारी दिएका हुन् ।

बीएसएफ कमाण्डेन्ट चन्द्रेश सोनाले भने, ‘हामीले पाकिस्तानबाट भएको गोलीबारीको उचित जवाफ दियौँ । हामीले उनीहरूका धेरै सम्पत्तिहरू नष्ट गर्यौं। मस्तपुरमा एउटा आतंकवादी लन्च प्याड थियो, जुन हामीले ध्वस्त पार्यौं ।’

यस कारबाहीमा उनीहरूका पाँच वटा पोस्ट र धेरै बंकरहरू ध्वस्त भएको उनले बताए । उनले भने कि अपरेशन सिन्दूरदेखि पाकिस्तानले लगातार भारतीय भूभागलाई निशाना बनाउँदै आएको छ ।

अर्कोतर्फ जम्मू–कश्मीरको किश्तवारको सिंहपोरा र चतरु क्षेत्रमा ३–४ आतंककारीहरू देखिएका छन् । सुरक्षाबल र आतंककारीहरूबीच मुठभेड शुरु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ