arrow

बसले ठक्करले चार वर्षे छोरीको मृत्यु, आमा गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
accident-final.jpg

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका-४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबार दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 

उनका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीयाा विनिता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् । 

विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निशा रोकाले बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ