arrow

भ्यानलाई बसले ठक्कर दिँदा एकको मृत्यु, आठ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
accident-final.jpg

सर्लाही । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा म्याजिक भ्यानलाई बसले ठक्कर दिँदा भ्यानमा सवार एक युवतीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । 

लालबन्दी बजार आउँदै गरेको ना६ख ७२२७ नम्बरको यात्रुवाहक भ्यानलाई लालबन्दी नगरपालिका वडा नं १७ स्थित रानीगञ्जमा विपरित दिशाबाट आएको ना१ज २६४५ नम्बरको बसले ठक्कर दिएको थियो । 

बसको ठक्करबाट भ्यानमा सवार लालबन्दी नगरपालिका लडा नं १७ की २२ वर्षीया सोना पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनालगतै उद्धार गरी उपचारका लागि लालबन्दी मोडेल अस्पताल पु¥याए पनि युवतीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

भ्यानमा सवार थप आठ जना घाइते भएका छन् । उनीहरूको लालबन्दीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

दुर्घटना लगत्तै बस चालक फरार रहेको र खोजी भइरहेको डीएसपी राईले बताए । दुर्घटनामा संलग्न दुवै सवारी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ