स्वदेशी उत्पादनलाई प्राथमिकता दिऔँ- उपप्रधानमन्त्री सिंह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
533
Shares
ललितपुर। उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न सबैलाई आग्रह गरेका छन्।
सोमबार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले नेपालमा २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको उल्लेख गर्दै स्वदेशी उत्पादनको अधिकतम उपयोग गर्नुपर्ने बताए। उनले स्वदेशी उत्पादनको प्रयोग बढाउँदा आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। स्वदेशी उत्पादनको वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने उनको भनाइ थियो।
उपप्रधानमन्त्री सिंहले भने, ‘सिमेन्टको कुरा गर्दा २२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले स्वदेशमै उत्पादन गर्ने गरेका छौँ। लागतको हिसाबले हेर्ने हो भने सामग्रीहरू आयात गर्नुभन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गर्दा उत्पादनलाई पनि बढवा दिन्छ। आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न उल्लेख्य रूपमा भूमिका खेल्छ। यस पक्षलाई ध्यान दिएर अघि बढ्नुपर्छ।’
उपप्रधानमन्त्री सिंहले नेपालको भौगोलिक बनावट चुनौतीपूर्ण रहेको पनि बताए।