arrow

प्रतिनिधि सभा

सरकारले प्रतिपक्षको जवाफ कामबाट दिनुपर्छ : सांसद राई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
parliament-82-1-28.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सरकारले प्रतिपक्षका प्रश्नहरूको जवाफ आफ्नो काममार्फत दिनुपर्ने बताएकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले प्रतिपक्षी सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सत्ता पक्षका सांसदहरूले फर्काउन नहुने बताइन्। उनले सरकारलाई काम गरेर देखाउन आग्रह गरिन्। अहिलेको सत्ता गठबन्धन २०८४ सम्म जाने चर्चा चलिरहेको उल्लेख गर्दै उनले माओवादी केन्द्रको तर्फबाट शुभकामना दिइन्। तर, सत्ता पक्ष दुई दलीय व्यवस्थामा जान खोजेको आरोप लगाउँदै माओवादीले त्यस्तो हुन नदिने उनको भनाइ थियो।

सांसद राईले भनिन्, “प्रतिपक्षले आलोचना गर्दा सत्ता पक्षका सांसदहरूले त्यसको जवाफ दिने होइन। सरकारले त काम गरेर देखाउने हो। प्रधानमन्त्रीज्युको पार्टीका पदाधिकारीहरूले बाहिर पटक-पटक भन्नुहुन्छ, यो समीकरण २०८४ सम्म जान्छ। शुभकामना छ। माओवादी पार्टी शुभकामना दिन्छ। जान्छ २०८४ सम्म तर खबरदारी गर्न चाहन्छु, कतै दुई दलीय प्रणालीमा जान्छौँ कतै भनिरहनुहुन्छ, तर यसमा हामी भन्छौँ, हामी दिनेछैनौँ। माओवादीले दुई दलीय व्यवस्था गर्न दिनेछैन। बलेको बत्तीमुनि बसेर प्रतिपक्ष बत्ती गयो भन्छ भन्नुहुन्छ, तर के रहर हो, अँध्यारोमा बस्नलाई कुनै नेपाली नागरिकलाई रहर छैन। हामीलाई बाध्यतामा पार्ने परिस्थिति सिर्जना गर्दैछ सरकारले।”

सांसद राईले संविधानमा व्यवस्था गरिएका विषयहरूलाई बहस गरेर ऐन बनाउने गरी सदनमा छलफल हुनुपर्नेमा जोड दिइन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ