बागमती। हेटौँडा–काठमाडौंँ जोड्ने महत्वपूर्ण सडक कान्तिलोकपथ अवरुद्ध भएको छ। वर्षाका कारण आएको बाढीले कान्तिलोकपथ अन्तर्गत पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएपछि बिहानैदेखि यातायात ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार वर्षासँगै खोलामा पानीको बहाव अचानक बढेकाले डाइभर्सनमा प्रयोग गरिएका ह्युमपाइप बगाएको हो।
प्रहरी नायब उपरीक्षक अर्यालले अवरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतको कार्य भइरहेको जानकारी दिए।