काठमाडौँ । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। संघीय तथ्याङ्क सेवा (रोसस्टाट) ले यो जानकारी दिएको हो।
यो वृद्धि दर रुसको आर्थिक विकास मन्त्रालय र केन्द्रीय बैंकले यसअघि गरेको अनुमानभन्दा केही कम छ। मन्त्रालयले १.७ प्रतिशत र केन्द्रीय बैंकले दुई प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका थिए।
यद्यपि, आर्थिक विकास मन्त्रालयले समग्र वर्ष २०२५ का लागि रुसी अर्थतन्त्र २.५ प्रतिशतले बढ्ने विश्वास व्यक्त गरेको छ। उता, केन्द्रीय बैंकले भने यो वृद्धिदर एक देखि दुई प्रतिशतको बीचमा रहने अनुमान गरेको छ।