arrow

तीन समितिको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकमा प्रतिवेदन पेश हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज आइतबार तीनवटा संसदीय समितिको बैठक बस्दैछ।

दिउँसो साढे ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी गठित उपसमितिको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ।

त्यस्तै, बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालसम्म गरेका कामकारबाही, प्रगति र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।

यसैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ