arrow

अत्यधिक गर्मीले मधेसका विद्यालयमा बिहान पठनपाठन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
madhes-pradesh.jpg

वीरगञ्ज । अत्यधिक गर्मीका कारण पर्साको वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । 

वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ । 

महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा  ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।

गर्मीका कारण मधेस प्रदेशमा अन्य क्षेत्रमा पनि कक्षा बिहानी सत्रमा भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ