नेपालले जित्नै पर्ने खेलमा बहराइनसँग प्रतिस्पर्धा गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
456
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले आज बहराइनविरुद्ध खेल्दैछ । थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्न लागेको हो ।
नेपाली समय अनुसार सो खेल दिउँसो १२:३५ बजेदेखि शुरु हुनेछ । नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा हङकङ चाइनाविरुद्ध वर्षाले रद्ध भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो ।
नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । कुल ९ देशले भाग लिइरहेको एशिया छनोटमा नेपाल समूह सी मा रहेको छ ।
नेपाली टोलीः
इन्दू बर्मा (कप्तान) पूजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दू रावल, सबनम राई, कविता जोशी, ईश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा ।