arrow

विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल

देशको विकासका लागि राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिनुपर्छ: सांसद पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
rajendra-pandey-26.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई ‘गेम चेन्जर’ परियोजनाको रूपमा बजेटमा प्राथमिकता दिई तीव्रताका साथ काम अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन पूरा भएर पनि अलपत्र रहेको भन्दै त्यसको निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। उनले बूढी गण्डकी जलविद्युत आयोजना र अन्य जलाशययुक्त आयोजनाहरूको निर्माणमा पनि बजेटमा ध्यान दिन आग्रह गरे। लामो समयदेखि अधुरा रहेका पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गलाई पूर्णता दिने गरी बजेट विनियोजन गर्न उनले सुझाव दिए।

सांसद पाण्डेले सरकारले प्रत्येक पालिकामा ५ शैंयाको अस्पताल बनाउने घोषणा गरेको स्मरण गराउँदै त्यसका लागि बजेट आउनेमा आफू विश्वस्त रहेको बताए। उनले भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी सिर्जना, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली सुरु गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिए। तोकिएको बजेट खर्च नहुने समस्याको समाधान खोज्न, बढ्दो व्यापार घाटा कम गर्ने उपाय पत्ता लगाउन, प्रतिफलयुक्त र तत्काल परिणाम दिने योजनाहरूलाई प्राथमिकता दिन तथा फजुल खर्च घटाउन पनि उनले सरकारलाई सुझाव दिए।

उनले कृषि क्षेत्रमा आत्मनिर्भरताका लागि कृषकलाई आवश्यक उपकरण, तालिम, मल, बीउ र औषधि समयमै उपलब्ध गराउनुपर्ने बताए। कृषि फार्ममार्फत व्यावसायिक खेती प्रवर्द्धन गर्ने कार्यक्रम बजेटमा स्पष्ट रूपमा आउनुपर्ने उनको भनाइ थियो। पर्यटन उद्योगको विकासका लागि निजी क्षेत्रलाई सहभागी गराउन सके लाखौं रोजगारी सिर्जना र करोडौं विदेशी मुद्रा आर्जन गर्न सकिने पनि उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ