arrow

प्रतिनिधि सभा

विपद् पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
madhav-sapkotass.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले मनसुन सुरु हुन लागेको र विपद्का घटनाहरू बढ्न थालेकाले पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले वैशाख १ देखि २८ गतेसम्म देशभर ७३२ वटा विपद्का घटना भएको जानकारी दिए। ती घटनामा २१ जनाको मृत्यु भएको र १७ करोड बराबरको क्षति भएको उनले बताए। सरकारका विभिन्न निकायबीच समन्वयको अभावमा विपद्को उद्धार र व्यवस्थापनमा ढिलाइ भइरहेको उनको भनाइ छ।

सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण नाका पूर्ण रूपमा बन्द भएको बताए। तातोपानीबाट स्याउ, लसुनलगायत सामान बोकेका ३० वटा कन्टेनर र ५०० भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ