arrow

दोलखामा थामी समुदायले गरे भूमि, बाली र पितृपूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
ajaybabu-shiwakoti-82-1-29.jpg

दोलखा । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय शुरु हुने भएसँगै प्रकृति र पितृपूजक थामी समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गरेका छन् । 

यसका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्टान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।

थामी समुदायको बाहुल्यता भएको दोलखामा बसोबास गर्दै आएका थामी समुदायहरूमा यो पर्वलाई भव्य रूपमा मनाउने गरिन्छ । 

सोमबार भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांस्कृतिक पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको बताए । 

उनले उभौली पर्वले सबै समुदायका नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यवद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना ब्यक्त्त गरे । 

कविराज थामीको सभापतित्वमा भएको कार्यक्रमलाई प्रमुख अतिथि शिवाकोटीसँगै विशिष्ट अतिथि कांग्रेस दोलखाका सभापति बर्मा लामा, भूमि आयोग दोलखाका अध्यक्ष तथा दोलखाका कांग्रेस प्रवक्ता राकेश श्रेष्ठ, कांग्रेस दोलखाका मुख्य सचिव भोजराज चौलागाईं, वडा नं ६ का वडाध्यक्ष भरत पाण्डे ,सांस्कृति संघ दोलखाका अध्यक्ष सुवास  शिवाकोटी , समाजसेवी ईश्वर थापा लगायतले सम्बोधन गरेका थिए । 

कालिन्चोक गाउँपालिका ५ र ६ नम्बर वडाका स्थानीयको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ