बीस वर्षे सलमानले चलाएको मोटरसाइकल दुर्घटनामा परी घटनास्थलमै मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
691
Shares
पोखरा । म्याग्दीको दानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमान छन् ।
इलाका प्रहरी कार्यालय दानाका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा सोमबार बिहान मोटरसाइकल दुर्घटना सलमानको मृत्यु भएको छ ।
बेनी-जोमसोम-कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए ।
मोटरसाइकल तीव्र गतिमा चलाएको र बसमा ठोक्किएर दुर्घटना भइएको बताइन्छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।