arrow

नबिल बैङ्कको पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज बौद्ध शाखामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
nabil-bank-priority-banking.jpg

काठमाडौँ। नबिल बैङ्कले आफ्नो बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरु गरेको छ। बैङ्कका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन्।

ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरूप लाउञ्ज सुरु गरिएको बैङ्कले जनाएको छ। बैङ्कले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैङ्किङ सुविधा प्रदान गर्दै आएको छ।

लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, “नबिल बैङ्क ग्राहकलाई विश्व स्तरीय बैङ्किङ सेवा प्रदान गर्न प्रतिबद्ध छ। ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैङ्किङ शाखा विस्तार गरेका हौँ।” उनले भने, “ग्राहकसँग कारोबारमा मात्रै सीमित नभई दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौ।”

नबिल प्रायोरिटी बैङ्किङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैङ्किङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिन सक्ने जनाइएको छ।

नबिल प्रायोरिटी बैङ्किङ सम्बन्धी थप जानकारीका लागि बैङ्कको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ।

नबिल बैङ्क लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क हो। बैङ्कले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ। नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ