arrow

रोहितको नेतृत्वमा नेपालले स्कटल्याण्डमा खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
nepal-cricket-2024-02-10.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा गरिएको छ ।

 नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा स्कटल्याण्डका लागि टोली घोषणा गरेका हुन् । दीपेन्द्र सिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाउँदा कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, आसिफ शेख र अनिलकुमार शाह, अलराउन्डर गुलशन झा र बसीर अहमद र सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी टोलीमा अटाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग–२ अन्तर्गत सिरिजपछि हुने टी–२० आई सिरिजका लागि पनि ३ खेलाडीको नाम राखेको छ । ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा अटाएका छन् ।

नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरु खेल्नेछ । लिग– २ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ