arrow

म्यानयु र टोटनह्याम युरोपा लिगको फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
manutd-ath-bilbao-2025.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग क्लबहरु म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपर युरोपा लिग फुटबलको उपाधिका लागि भिड्ने भएका छन् । गएरातिका खेलमा जित हासिल गर्दै दुवै टोली फाइनलमा पुगेका हुन् । 

सेमिफाइनलको दोस्रो लेगमा युनाइटेडले ओल्ड ट्राफोर्डमा एथ्लेटिक बिल्बाओलाई ४–१ ले हराउँदै समग्रमा ७–१ को जित हात पार्‍यो। टोटनह्याले नर्वेमा बोडो–ग्लिम्टलाई २–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्यो।

यो सँगै सन् २०१९ मा चेल्सीले आर्सनललाई हराएर उपाधि जितेपछि दोस्रोपटक युरोपा लिगमा दुई इङ्गलिश क्लबबीच उपाधि भिडन्त हुन लागेको हो । 

बिल्बाओविरुद्धको खेलमा युनाइटेडले पहिलो हाफमा १–० ले पछि परेको थियो। तर मेसन माउन्ट दोस्रो हाफमा बेञ्चबाट आएर दुई गोल गरेपछि टोलीले पुनरागमन गर्‍यो। कासेमिरो र रासमस होइल्यान्डले पनि गोल गरे।

टोटनह्यामका लागि डोमिनिक सोलान्के र पेड्रो पोरोले बोडोरग्लिम्टविरुद्ध गोल गरे। 

फाइनल खेल मे २१ मा बिल्बाओमा हुनेछ । यो उपाधिले दुवै टोलीको लिगमा गरेको खराब प्रदर्शनलाई बिर्सन प्रयत्न गर्नेछ । विजेता टोलीले च्याम्पियन्स लिगको स्थान पनि पाउने छ।

म्यानयु प्रिमियर लिगको १५औं स्थानमा छ र क्लबको इतिहासमै सबैभन्दा कम अंक बटुल्ने सम्भावनामा छ। टोटनह्याम १६औं स्थानमा छ र क्लब इतिहासमै १९ हार भोगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ