arrow

म्यानयु युरोपा लिगको क्वार्टरफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
manutd-25-2-13.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड यूईएफए युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न राउण्ड अफ १६ को दोस्रो लेगमा स्पेनिश क्लब रियाल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५–२ को नतिजासहित म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा पुगेको हो । यसअघि पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलमा म्यानयुको जितमा ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरेका थिए भने डिओगो डलोटले एक गोल गरेका थिए । त्यस्तै रियल सोसिडाडका लागि मिकेल ओयारजाबालले एक गोल गरेका थिए । 

त्यस्तै यस खेलमा खेलको ६३औं मिनेटमा जोन आरामबुरुले रातोकार्ड पाएपछि रियाल सोसिडाड १० खेलाडीमा समिति भएको थियो ।

अब क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब लियोँको सामना गर्ने छ । क्वार्टरफाइनलका खेलहरु पहिलो लेग अप्रिल १० र दोस्रो लेग अप्रिल १७ मा हुनेछ ।

यता रेन्जर्स र टोटनह्याम हट्सपर पनि क्वार्टरफाइनलमा पुगेका छन् । रेन्जर्सले फेनरबाचलाई र टोटनह्यामले एजेड अल्कमारलाई हराएको हो । 
            



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ