arrow

रोहित शर्माले लिए टेष्ट क्रिकेटबाट संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
tension-rohit-sharma-24-10-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय क्रिकेट कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट संन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत संन्यासको जानकारी दिएका हुन् । 

टी–२० मा यसअघि नै संन्यास लिइसकेका रोहितले एक दिवसीय क्रिकेट भने जारी राख्ने जनाएका छन् । 

बुधबार बेलुकी आएको रिपोर्टअनुसार उनलाई इङ्गल्याण्ड भ्रमणका क्रममा टेष्ट कप्तानीबाट हटाइने छ । त्यसपछि रोहितले रातो बल क्रिकेटबाट संन्यास लिएका हुन् । 

उनलाई छनोट समितिले धोका दिएकै कारण रातो बललाई बाइबाइ भनेका हुन् । पछिल्लो समय उनी टेष्टमा असफल हुँदै आएका थिए । 

रोहितले आफूलाई दिएको साथ र समर्थनका लागि धन्यवादसमेत दिएका छन् । उनले त्योसँगै एक दिवसीय खेल जारी राख्नेसमेत जनाएका छन् । 

रोहितले १२ टेष्ट शतक लगाएका छन् । सन् २०१३ मा डेब्यु गरेका रोहितले सन् २०२२ मा कप्तानी सम्हालेका थिए । उनले ६७ टेष्टमा ४०.५७ को औसतमा ४ हजार ३०१ रन बनाए । उनले १८ ओटा अर्धशतक बनाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ