भारतको अपरेशन सिन्दूरको जवाफमा पाकिस्तानले सर्वसाधारणलाई बनायो निशाना, केहीको मृत्यु, थुप्रै घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
1.5k
Shares
काठमाडौँ । भारतले पाकिस्तानी आतंकवादविरुद्ध थालेको अपरेशन सिन्दूरको जवाफमा पाकिस्तानले सर्वसाधारण मारेको छ । भारतले मंगलबार राति डेढ बजे थालेको उक्त अपरेशन सिन्दूरबाट सात सहरका नौ आतंकवादी स्थलमा प्रहार गरेको २४ मिसाइलबाट सय भन्दा बढी आतंकवादी मरेका छन् ।
जवाफमा पाकिस्तानले जम्मू कश्मीरको एलओसीका थुप्रै क्षेत्रमा फायरिङ गरेको छ । जसका कारण तीन भारतीय सर्वसाधारण मारिएका छन् भने थुप्रै घाइते भएका छन् । जसमा बालबालिकासमेत छन् ।
उक्त क्षेत्रका मानिसले बंकरहरुमा शरण लिएका छन् ।
१५ दिनअघि जम्मू–कश्मीरमा आतंकवादीले हमला परी एक नेपालीसहित २७ हिन्दूधर्मीको गोली हानी हत्या गरेको १५ दिनपछि भारतले आक्रमण गरेको हो ।
भारतले अहिलेसम्म २४ मिसाइल आक्रमण गरिसकेको समाचार एजेन्सी एएनआईले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस अपरेशन सिन्दूरको निरन्तर निगरानी गरिरहेको पनि एएनआईले जनाएको छ ।
भारतले सात सहरका नौ आतंकवादी रहेको स्थानमा आक्रमण गरेको जनाएको छ । सय भन्दा बढी आतंकवादी मारिएको दाबी गरिएको छ ।
यसैबीच भारतीय सेनाले स्ट्राइक केवल आतंकवादी स्थलमामात्र गरिएको जनाएको छ । उनले कुनै पनि पाकिस्तानी सैन्य स्थलमा आक्रमण नगरिएको जनाएको छ ।
एएनआईले बताएअनुसार जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबा रहने स्थललाई नै निशाना बनाइएको छ ।