भारतद्वारा पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त, १५ भारतीय सैन्य अड्डामा हमलाको जवाफी कारबाही
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
2.8k
Shares
तस्बिर – एआई ।
काठमाडौँ । भारतले बिहीबार बिहान पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीलाई ध्वस्त पारेको दाबी गरेको छ। यो कदम बुधबार राति पाकिस्तानी सेनाले १५ भारतीय सैन्य अड्डामा गरेको आक्रमणको जवाफी कारबाही स्वरूप चालिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।
रक्षा मन्त्रालयले दिउँसो २:३० बजे जारी गरेको जानकारी अनुसार, पाकिस्तानले बुधबार राति उत्तरी र पश्चिमी भारतका विभिन्न शहरहरूलाई लक्षित गरी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो।
आक्रमण गरिएका शहरहरूमा अवन्तिपोरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपूरथला, जालंधर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ़, नाल, फलोदी, उत्तरलाई र भुज रहेका छन्।
भारतीय सेनाले यस आक्रमणको कडा जवाफ दिँदै पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीलाई ध्वस्त पारेको हो। यद्यपि, यस कारबाहीमा भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। दुई देशबीचको यो बढ्दो तनावले सीमा क्षेत्रमा थप अस्थिरता निम्त्याउन सक्ने अनुमान गरिएको छ।