भारतले भन्यो– पाकिस्तानी सैन्यस्थललाई हैन आतंकवादीलाई निशाना बनाइएको छ
सय भन्दा बढी आतंकवादी मारिएको दाबी, सात सहरका नौ आतंकवादीस्थलमा आक्रमण
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
1.7k
Shares
काठमाडौँ । भारतले पाकिस्तानमा रहेका आतकवादीविरुद्ध आक्रमण थालेको छ । जम्मू–कश्मीरमा आतंकवादीले हमला परी एक नेपालीसहित २७ हिन्दूधर्मीको गोली हानी हत्या गरेको १५ दिनपछि भारतले आक्रमण गरेको हो ।
मंगलबार राति डेढ बजे थालिएको अपरेशन सिन्दूरबाट अहिलेसम्म १०० भन्दा बढी आतंकवादीको ज्यान गइसकेको छ ।
भारतले अहिलेसम्म २४ मिसाइल आक्रमण गरिसकेको समाचार एजेन्सी एएनआईले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस अपरेशन सिन्दूरको निरन्तर निगरानी गरिरहेको पनि एएनआईले जनाएको छ ।
भारतले सात सहरका नौ आतंकवादी रहेको स्थानमा आक्रमण गरेको जनाएको छ । ३० जनाको मृत्यु भएको जनाइए पनि सय भन्दा बढी आतंकवादी मारिएको दाबी गरिएको छ ।
यसैबीच भारतीय सेनाले स्ट्राइक केवल आतंकवादी स्थलमामात्र गरिएको जनाएको छ । उनले कुनै पनि पाकिस्तानी सैन्य स्थलमा आक्रमण नगरिएको जनाएको छ ।
एएनआईले बताएअनुसार जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबा रहने स्थललाई नै निशाना बनाइएको छ ।