arrow

मोदीको सुरक्षा अधिकारीसँग निरन्तर संवाद, पाकिस्तानले गर्‍यो तेस्रो क्षेप्यास्त्र परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
pakistan-missile-test-2082.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नयाँ दिल्लीको साउथ ब्लकस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन्। यसअघि दिनभरि उनले रक्षा सचिव राजेश कुमार सिंहलाई भेटेका थिए। हालै उनले वायु सेना प्रमुख एपी सिंह र नौसेना प्रमुख दिनेश कुमार त्रिपाठीलाई पनि भेटेका छन् ।

मिडिया रिपोर्टका अनुसार वायुसेना प्रमुखले प्रधानमन्त्री मोदीलाई युद्धको तयारीको बारेमा जानकारी गराए । आइतबार भएको बैठकमा प्रधानमन्त्रीलाई वायुसेना हरेक परिस्थितिको सामना गर्न तयार रहेको बताइएको छ। पश्चिमी सीमामा रक्षा सञ्जाल पूर्ण रूपमा सक्रिय छ र राफेल पनि तयार छ।

अर्कोतर्फ पाकिस्तानले सोमबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ। पाकिस्तानी सेनाले यो सतहदेखि सतहसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको दायरा १२० किलोमिटर रहेको बताएको छ। 

यसअघि मे ३ मा पाकिस्तानले अब्दाली नामक ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो। यो क्षेप्यास्त्रको दायरा ४५० किलोमिटर छ।

यता, जम्मू कश्मीर प्रशासनले चेनाब नदीमा रहेको बगलिहार र सलाल बाँधका ढोकाहरू बन्द गरेको छ। यिनै बाँध भएर पानी पाकिस्तान गइरहेको थियो। पहलगाम आक्रमणपछि भारतले सिन्धु जल सन्धि रद्द गरेको छ, जसले पाकिस्तान सरकारलाई चिन्तित बनाएको छ।

पहलगाम आक्रमणमा आतंककारीले एक नेपालीसहित २७ हिन्दूलाई नाम र धर्म सोधेर गोली हानेर मारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ