arrow

कारको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
accident-final.jpg

रौतहट । रौतहटमा आज बिहान सवारी दुर्घटना हुँदा बाबु-छोरीको ज्यान गएको छ ।

पूर्व पश्चिम लोकमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित बाबु-छोरी सवार ना३प ९५१२ नम्बरको मोटरसाइकललाई बा६च ३५२६ नम्बरको कारले ठक्कर दिँदा बाबु(छोरीकै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गरुडा नगरपालिका वडा नं ३ मलाहिटोलका ६० वर्षीय बलीराम सहनी र उनकी छोरी ४० वर्षीया उर्मिला देवी सहनी छन् ।

दुर्घटनामा गम्भीर घाइते बलीरामको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए ।

यस्तै उर्मिलादेवीको एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको डीएसपी रायले जानकारी दिए ।

कार चालक हेटौँडा उपमहानगरपालिका वडा नं १२ का ४३ वर्षीय कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ