arrow

जनप्रिय क्याम्पसमा युजीसीको सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
jmc-office-building.jpg

पोखरा । विश्वविद्यालय अनुदान आयोग (युजीसी) को आर्थिक सहयोगमा जनप्रिय बुहुमुखी क्याम्पसको प्रशासनिक भवनको तेस्रो तला थप गरिएको छ । उक्त तला निर्माण सम्पन्न भई हस्तान्तरण पनि गरिएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गुणस्तरीय उच्च शिक्षा र भौतिक पूर्वाधार विस्तारलाई निरन्तरता दिने क्याम्पसको योजनालाई युजीसीको आर्थिक अनुदानले टेवा पुगेको बताए ।

विजुक्छेले जनप्रियलाई पूर्णतय डिजिटल क्याम्पसका रूपमा विकास गर्ने उद्देश्य भएकाले डिजिटल ल्याब, स्टुडियो, डकुमेन्ट्री हल, ईलर्निङ क्लास आदिका लागि तेस्रो तला प्रयोग गर्ने बताए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले युजीसीको सहयोग एक करोड भए पनि ९२ लाख ७० हजार पाँच सय १५ रुपैयाँको लागत खर्चमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।

भवन निर्माण कार्यमा सुशासन र पारदर्शिताको मर्मलाई आत्मसात गर्दै आगामी दिनमा आयोगबाट प्राप्त अनुदानलाई थप प्रभावकारी बनाउने बताए ।

फ्रस्ट ग्रुप अफ कन्ट्रक्सन प्रालिका विजयनाथ उपाध्यायले विद्युतीय टेन्डरमार्फत समय सीमाभित्रै निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गर्दा क्याम्पस प्रशासनबाट प्राप्त पूर्ण सहयोगले कुनै झमेला व्यहोर्न नपरेकोमा खुशी व्यक्त गरे ।

क्याम्पस सञ्चालक सञ्चालक समिति उपाध्यक्ष ध्रुवराज चालिसे, कोषाध्यक्ष गणेशबहादुर अधिकारी, सदस्य परशुराम बराल, युवराज पराजुली, रंगीला आचार्य, पुष्पराज सिग्देल, रामप्रसाद बस्ताकोटी, विजयराज आचार्य, देवी पनेरु, उपप्रशासक एकनारायण अर्याललगायतले सामुदायिक क्याम्पसको भौतिक पूर्वाधार विस्तारले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ