arrow

केदारनाथ धामको ढोका खुल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
narendra-modi-kedarnath.jpg

काठमाडौँ । केदारनाथ धामको ढोका आज बिहान देखि खुल्नदैछ ।  बिहान ७ बजेदेखि भक्तजनका लागि मन्दिरको ढोका खुल्नेछ ।

भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

केदारनाथ धामको ढोकाका रूपमा १३ क्विन्टल फूलले भगवान् केदारनाथ मन्दिरलाई सजाइएको छ ।

यसैबीच, सन् २०२५ को श्री केदारनाथ धाम यात्राका लागि उत्तराखण्डको सोनप्रयागबाट हेलिकप्टर सेवा सुरु भएको छ।

दैनिक १५० को हाराहारीमा हेलिकप्टरमार्फत् केदारधाम यात्राका लागि अनलाइन बुकिङ हुने गरेको र एक महिनाका लागि अग्रिम बुकिङ खुला रहेको छ। 

अक्षय तृतीयाको पावन अवसरमा वैदिक मन्त्रोच्चारण र पूजाआजासहित गंगोत्री र यमुनोत्री धामको ढोका भक्तजनका लागि बुधबार खुला गरिएको छ । 

यससँगै उत्तराखण्डको चारधाम यात्रा सन् २०२५ को औपचारिक सुरुवात भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ