भारतको विरोधपछि पाकिस्तानले चौकीहरुमा राख्यो झण्डा, मलिक बने सुरक्षा सल्लाहकार
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
2.8k
Shares
काठमाडौँ । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि बढेको तनावबीच पाकिस्तानले आफ्नो खुफिया एजेन्सी (आईएसआई) का प्रमुख असिम मलिकलाई राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) बनाएको छ ।
सन् २०२२ मा मुईद युसुफले राजीनामा दिएपछि यो पद खाली रहेको थियो । अहिले आवश्यक ठानेपछि पाकिस्तानले गत बुधबार मलिकलाई सल्लाहकार बनाएको हो ।
त्यसअघि नै भारत सरकारले एनएसएको बोर्डलाई नयाँ तरिकाले गठन गरेको थियो । रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का पूर्वप्रमुख आलोक जोशीलाई नयाँ प्रमुख बनाएको हो ।
यता पाकिस्तानले सीमाका चौकीमा आफ्नो झण्डा फेरि लगाएको छ । एक दिन पहिले पाकिस्तानले चौकीहरुबाट झण्डा हटाएको थियो ।
भारतले विरोध गरेसँगै पाकिस्तानले पुनः झण्डा राखेको हो ।
यता पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग मद्धत मागेका छन् । उनले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँग भारतमाथि जिम्मेवार बन्न र बयानबाजी क मगर्न दबाब दिन आग्रह गरेका हुन् ।