arrow

सरकार शिक्षक वार्ता निर्णायक, आन्दोलन रोकिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
teachers-government-82-1-17.jpg

काठमाडौँ । आन्दोलनरत शिक्षकहरुको आन्दोलन रोकिने भएको छ । सरकारसँग बुधबार भएको वार्ता सकारात्मक भएसँगै आन्दोलन रोकिने भएको हो । मंगलबार राति र बुधबार दिउँसोदेखि साँझसम्म बसेको वार्ता सकारात्मक तरिकाले भएको भन्दै शिक्षक आन्दोलन रोक्ने सहमति भएको हो । 

अहिले मुख्यगरी दुई ओटा सहमति भएका छन् । सो अनुसार पहिले मन्त्रिपरिषद् बैठकबाट नौ बुँदे सहमति निर्णय गर्ने र संसदमा जारी अधिवेशनबाट शिक्षा ऐन पारित गरिने भएको छ । 

शिक्षक र सरकारबीचको सहमतिलाई मन्त्रिपरिषद् बैठकले अनुमोदान गर्दैछ । 

आन्दोलनरत शिक्षकहरुले मन्त्रिपरिषद् बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने बताइएको छ । 

सामुदायिक शिक्षकहरुले गत चैत २० गतेदेखि आन्दोलन थालेका हुन् । उनीहरुले सहमति नभएसम्म आन्दोलन नछाड्ने अडान लिइरहेका छन् । 

विगतका सरकारले आफूहरुसँग उधारो सहमति गरेको आरोप उनीहरुसँग छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ