arrow

गोल्डेन मोमेन्ट्समा गुञ्जिईन निशा

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Nisha.jpg.jpeg
काठमाडौं । शनिबार साँझ आफ्ना चर्चित एक दर्जन भन्दा बढी गीतहरु सुनाएर गायिका निशा देशारले दर्शकको मन जितिन् । सुगम गीत तथा गजल प्रेमीहरुका लागि लक्षित गरेर आयोजित साँगीतिक साँझ ‘गोल्डेन मोमेन्टस’ मा साँझ ६ः३० देखि ९ बजेसम्मको बसाईमा निशाले आफ्ना गीतबाट दर्शकको मन जितेकी हुन् । 

उनले आफ्नो लोकप्रिय गजल जमाना खराब छ...बाट सो साँगीतिक साँझ सुरु गरेकी थिईन् । गाउँदा गायिका देशारलाई दर्शकले पुन सोही गीत गाउन अनुरोध गरेका थिए । आफ्ना एक पछि अर्को गर्दै लोकप्रिय गजलहरु उनले गाउँदै आएपछि दर्शकहरुले तालीले निरन्तर साथ दिए । सो क्रममा साउनको भेल जस्तो..., कुन जमानामा छौ... जस्ता आफ्ना विभिन्न चर्चित गजल तथा गीतहरु उनले सुनाईन् । अग्रज कलाकार प्रति सम्मानस्वरुप गायिक देशारले तारादेबीको उकाली ओराली..., एकान्छा ठटौमा जाला... जस्ता विभिन्न कालजायी गीतहरु पनि गायिन । कतीपय कालजायी गीतमा गजलका अर्का चर्चित गायक निशान भट्टराई र निशा देशारको युगल गायन सो कार्यक्रममा निकै जमेको थियो । साँगीतिक साँझलाई अझ माधुर्य बनाउने क्रममा गायक निशानको साथ पाएपछि निशाले लता मँगेशकर र आशा भोषलेका सदावहार गीतहरु पनि सुनाईन् । 

युवा पुस्ताकी गायिका निशासँगको सो साँगीतिक साँझ सोचे भन्दै निकै सुमधुर बनेको गायक निशान भट्टराईले बताए । तीन घन्टाको बसाईमा निशाले केही पल साँगीतिक बिश्रम लिँदा रानी महलकै गायक अनिल श्रेष्ठ र गायिका भावना देवानले विभिन्न चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकलाई साँगीतिक माहौलमा निरन्त बाँधिरहे । प्रत्यक्ष बाद्यबादन सहितको सो साँगीतिक साँझमा यी कलाकारलाई ड्रममा राजनले, गिटारमा श्रमिकले, किबोर्डमा निरज र ढोलकमा महेशले साथ दिएका थिए । 
विभिन्न कार्यक्रम आयोजना गर्दैै आएको आर एन्ड आर ग्रुपले राजधानीको दरबार मार्ग स्थित रानी महल गजलमा निशा देशारको बिशेष साँगीतिक कार्यक्रम राखेको हो । सुगम सँगीत तथा गजलका पारखीहरुका लागि लक्षित गरेर सो साँगीतिक कार्यक्रम आयोजना गरिएको आर एन्ड आर ग्रुपकी प्रमुख कार्यकारी अधिकृत मञ्जु श्रेष्ठले बताईन् । 

‘गायिका निशा देशारका निकै कर्णप्रिय गीतहरु छन् । लोक, आधुनिक, गजल, चलचित्र, राष्ट्रिय भावना देखि भजन गायनसम्म स्थापित यी कलाकारलाई दर्शकमाझ प्रत्यक्ष प्रस्तुत गर्न पाउँदा दर्शकबाट हामीले सोचे भन्दा राम्रो प्रतिक्रिया पायौं ।’ निशा र निशानको युगल गायनले कार्यक्रमलाई अझ मनोरम तुल्याएको पनि उनले बताईन् । आर एन्ड आर ग्रुपले नेपालका विभिन्न लोकप्रिय कलाकारको साँगीतिक साँझ आउँदा दिनमा पनि गर्दै जाने मञ्जुले प्रकाश पारिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ