arrow

पाकिस्तानमा हतियार पठाएको आरोपमाथि बोल्यो टर्किए

एर्दोगानद्वारा भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
trukeya-cabinet.jpg

काठमाडौँ । टर्किए सरकारले सोमबार इस्लामाबाद र नयाँ दिल्ली बीच बढ्दो तनावको बीचमा पाकिस्तानमा हतियार बोकेको विमान पठाएको रिपोर्टलाई अस्वीकार गरेको छ ।

 केही सञ्चारमाध्यममा टर्किएले हतियारले भरिएको ६ वटा विमान पाकिस्तान पठाएको समाचार प्रकाशन गरेका थिए । 

सरकारको सञ्चार निर्देशनालयले एउटा टर्किएको यातायात विमान आफ्नो आफ्नो मार्गमा अगाडि बढ्नुअघि इन्धन भर्नको लागि मात्र पाकिस्तानमा अवतरण गरेको बताएको छ ।

राजधानी अंकारामा मन्त्रिपरिषद्को बैठकपछि सोमबार पत्रकारहरूसँग भेट गर्दा टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भारत र पाकिस्तान बीच संयमताको लागि आह्वान गरेपछि यो अस्वीकार आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ