सिडको सिफारिस र सरकारको वार्षिक प्रतिवेदनमा छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
2.7k
Shares
काठमाडौं । संघीय संसदका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ। बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ। उक्त बैठकमा सिडको आधारभूत सिफारिस नम्बर ३९ को विषयमा छलफल हुनेछ।
त्यसैगरी, दिउँसो ३ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।
यस बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८०-०८१ को सरकारको वार्षिक प्रतिवेदन र समसामयिक विषयहरूमा छलफल हुनेछ।