arrow

 गाडी इनारमा खस्दा बाह्र जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
Accident-sign.jpg

काठमाडौँ । भारतको मध्य राज्य मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो ।

गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको थियो ।

 बाइक चालकको तत्काल निधन भयो । गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपैयाँ आर्थिक क्षतिपूर्ति दिने घोषणा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ