जंक्वः भोजको अवसरमा वर्णमाला प्रकाशनका लागि लिपि गुथिलाई एक लाख सहयोग
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
1.1k
Shares
काठमाडौँ । शिक्षाप्रेमी, समाजसेवी रविन्द्र महर्जनका बुबा ज्ञानलाल र आमा सानुमायाको जंक्व अर्थात् भीमरथारोहण तथा उनका भाइ सुरेन्द्र महर्जन तथा बुहारी सीताकी छोरी प्रशंसाको भिंबाह्राको अवसरमा आयोजित भोजमा प्रचलित नेपाल लिपि तथा रञ्जना लिपिको वर्णमाला प्रकाशनका लागि लिपि थपू गुथिलाई एक लाख रुपैयाँ सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको छ ।
शनिबार भएको उक्त कार्यक्रममा लिपि थपू गुथिका अध्यक्ष धर्मकृष्ण सिकःमिलाई रविन्द्र महर्जनले उक्त चेक हस्तान्तरण गरेका थिए । लिपि थपू गुथिलाई रन्जना लिपि, प्रचलित लिपि र भुजिमोल लिपिको वर्णमाला पुस्तक १००० प्रति प्रकाशन गर्नका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी ,बागमती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महालक्ष्मी नगरपालिका ललितपुरकी उपप्रमुख लक्ष्मी महर्जनलगायत विभिन्न व्यक्तित्व, नातेदारको उपस्थितिमा गुथिका अध्यक्ष धर्मकृष्ण सिकर्मीलाई चेक हस्तान्तरण गरिएको थियो ।