arrow

रुसले गर्‍यो युद्धविराम घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
russia-ukraine-2023-08-30.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चलिरहेको युद्ध अन्त्यको लागि तीन दिने अस्थायी युद्धविरामको घोषणा गरेका छन् । मस्कोले आगामी ८ मेदेखि तीन दिन युद्धविराम लागू हुने बताएको छ ।

रुसको यो घोषणापछि युक्रेनी विदेशमन्त्री एन्ड्रिज सिबिहाले कम्तीमा ३० दिने युद्धविरामको माग गरेको बीबीसीले जनाएको छ ।

दुवै पक्षबीच युद्धविरामको मध्यस्थता गर्ने प्रयासमा लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी युद्धविराम चाहेको ह्वाइट हाउसले जनाएको छ ।

रुसले यसअघि इस्टरको अवसरमा पनि ३० घण्टाको युद्धविराम घोषणा गरेको थियो । यसअघि युक्रेनमा २० पटकभन्दा बढी युद्धविराम प्रयास गरिए पनि सबै असफल भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ