arrow

बाबुराम भट्टराई उच्चस्तरीय राजनीतिक भेटवार्तामा, पहेलगाम घटनाको निन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
baburam-rajnath.jpg

काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । 

डा भट्टराईको सचिवालयका अनुसार उनले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग सोमबार भेटवार्ता गसेका थिए। 

सो भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएको जनाइएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री डा भट्टराईले हालै कश्मिरको पहेलगाममा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए । 

डा भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा छन् ।

बीजेपीका मुरलीमोहन जोशी, भगतसिंह कोस्यारीसँग भेटेका बाबुरामलाई नेपालमा सांस्कृतिक एकरूपता भए राम्रो हुन्छ भन्ने चासो राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ