शिक्षकको आन्दोलन जारी, २७ औँ दिनमा मिसिए नेताहरू [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
770
Shares
काठमाडौँ । नेपाल शिक्षक महासंघले गत चैत २० गतेदेखि आयोजना गरेको शिक्षकहरुको आन्दोलनमा नेताहरु छिरेका छन् । आन्दोलनको २७ औँ दिनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु ऐक्यबद्धता जनाउन बिजुलीबजारमा गएका हुन् ।
अहिलेसम्म नेताहरुले सामाजिक सञ्जाल वा अन्य कार्यक्रमबाट ऐक्यबद्धता जनाउँदै आएका भए पनि अब शिक्षकका माग पूरा हुने निचोडतिर आइरहँदा नेकपा एसका नेताहरु आन्दोलनमा सहभागी भएका हुन् ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गरेका छन् ।
शिक्षकहरुले पछिल्लो समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्दै आएका छन् । २६ औँ दिनमा भने शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँगको झडपमा ३१ जना घाइते भएका थिए ।