वर्षाले शिक्षक आन्दोलनलाई थप क्षति हुन दिएन, घुसपैठ हुँदा झडप र ढुङ्गा प्रहार [फोटोफिचर]
झडप हुँदा ३१ जना घाइते, जसमा शिक्षक २७, ३ प्रहरी र १ पत्रकार, एक पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
1k
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकामा असिना सहितको वर्षा भएको छ। आइतबार दिउँसो असिना र हावाहुरीसहित वर्षा भएको हो । पानी परेपछि शिक्षक आन्दोलन पनि प्रभावित भएको छ ।
शिक्षकहरू आन्दोलनबाट बस चढेर घर फर्किएका छन् । पानी पर्नुअघि शिक्षक र प्रहरीबीच झडप भएको थियो । शिक्षक आन्दोलनको २६ औँ दिनमा झडप भएको हो ।
शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।
गत चैत २० गतेदेखि शिक्षकहरु आन्दोलित छन् । उनीहरुले अहिलेसम्म संयमित आन्दोलन गरेको भए पनि आज भने निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पनि बल प्रयोग गरेको हो ।
बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ ।
विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् ।
प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झडप हुँदा ३१ जना घाइते भएका छन् । जसमा शिक्षक २७, ३ प्रहरी र १ पत्रकारसमेत रहेका छन् ।
शिक्षक आन्दोलनमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छिन् । उनी आन्दोलनका क्रममा घाइते भएकी हुन् । कार्कीको तीलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
उनको आँखामा चोट लागेको छ । घाइते भएकी कार्कीलाई भेट्न नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोली तिलगंगा अस्पतालमा पुगेको छ ।
नेपाल शिक्षक महासंघका अनुसार यी हुन् २७ घाइते शिक्षकहरु–
सिन्धुपाल्चोकका सुवास गिरी,
गोरखाका भगवान शाक्य,
बर्दियाका दीपबहादुर घर्ती,
बर्दियाकै पुण्य शर्मा,
सिन्धुलीका कमलबहादुर बस्नेत,
महोत्तरीका विकासराज झाँ,
बझाङका हरिप्रसाद जोशी,
शोभाजंग केसी,
ममताकुमारी साह,
कञ्चनपुरका पुण्यमणि जोशी,
बाग्लुङका भानुभक्त मैनाली,
नुवाकोटका विष्णुकुमारी सुवेदी,
कैलालीका खडकमणि,
खोटाङका धर्मसिंह सार्की,
लीलाभक्त बस्नेत,
सिराहाका देवकुमारी यादव,
धनुषाका महेन्द्र साह,
जाजरकोटका तेजबहादुर खत्री,
रौतहटका वीरेन्द्र पण्डित,
कुसनकुमारी साह,
धनुषाका वेचन यादव,
जुम्लाका देवी शर्मा धिताल,
रामबहादुर शाही,
झापाका प्रवीण दियाली,
कृष्णमाया रिजाल,
शान्ता निरौला
अर्घाखाँचीका यश गौतम रहेका छन् ।
आन्दोलनमा घुसपैठ
आन्दोलनमा घुसपैठ भएको छ । शिक्षक आन्दोलनमा घुसपैठ भएको हो । सोही घुसपैठ गर्ने युवाले नै प्रहरीमाथि ढुङ्गा हानेको शिक्षकहरुले बताएका छन् ।
त्यसरी ढुङ्गा हानेपछि प्रशरीले बाध्य भएर पानीको फोहरा चलाएको बताएको छ ।
प्रहरीले उक्त घुसपैठमा संलग्न युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।