arrow

शिक्षकका मागहरू पूरा गर्न सरकारलाई दबाब दिन जरुरी - माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
madhav-1122.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकका मागहरू पूरा गर्न सरकारलाई दबाब दिन जरुरी रहेको बताएका छन् । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अहिले आफूहरू प्रतिपक्षमा रहेको र शिक्षकका मागहरू पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका लागि छलफल गर्ने सोच बनाइरहेको बताए । 

उनले सरकारलाई शिक्षकका माग पूरा गर्न दबाब दिन जरुरी रहेको उल्लेख गरे । सरकारले शिक्षकका माग पूरा गर्न आवश्यक ध्यान नदिएको उनको आरोप छ । 

उनले भने, ‘अहिले हामी प्रतिपक्षहरू बसेर संसद्मा त्यसको आवाज उठाउन केके तरिका अपनाउन सकिन्छ भनेर छलफल चलाउने सोचिरहेका छौँ । सरकारलाई दबाब दिन जरुरी छ । सरकारले आवश्यक ध्यान दिएको देखिँदैन । सरकारका यत्रो आवाजलाई पोजेटिभ रूपमा लिएर राम्रोसँग हल गर्ने कुरामा अग्रसरता लिनुपर्छ ।’अध्यक्ष नेपालले शिक्षकको ठूलो आवाजलाई समेत सरकारले सकारात्मक रूपमा लिएर समाधानका लागि अग्रसरता नदेखाएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ