arrow

सुरक्षा विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
security-plane-thailand-cra.jpg

थाइल्याण्ड । थाइल्याण्डको फेत्चाबुरी प्रान्तको रिसोर्ट शहर हुआ हिनको किनारमा शुक्रबार एउटा सुरक्षा प्रहरी विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ । 

थाइल्याण्डको राष्ट्रिय प्रहरीले आफ्नो सामाजिक सञ्जाल पृष्ठमा प्रहरी उड्डयन विभागको विमान उडान भरेको केही समयपछि समुन्द्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै छ जनाको मृत्यु भएको बताएको छ । 

प्रहरीले प्यारासुट प्रशिक्षणको लागि परीक्षण उडान गरिरहेको बेला विमान दुर्घटना भएको बताएको छ । दुर्घटनाको कारण अनुसन्धान गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ