आइपुगे क्रिकेट प्रशिक्षक स्टुअर्ट, के छ लक्ष्य ? [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
671
Shares
काठमाडौँ । शुक्रबार साँझ काठमाडौँ आइपुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल शनिबार मूलपानीस्थित क्रिकेट स्टेडियम पुगेका छन् । उनलाई नेपाल क्रिकेट संघले स्वागत गरेको छ । स्टुअर्ट अस्ट्रेलियन प्रशिक्षक हुन् ।
गत चैत १५ गते उनी नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
उनले नेपाली क्रिकेटलाई सक्दो माथि उठाउने बताएका छन् । शनिबार पहिलो पत्रकार सम्मेलनमा नेपाली क्रिकेटलाई आफूले पनि बुझेको र केही समयमै खेलाडीहरुसँग थप घुलमिल भएर एउटा दिशा दिने बताएका छन् ।